प्रतिबद्धता लत्याइयोः गगन

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले समय घर्किइसकेकाले अब आगामी माघ ८ गते संविधान जारी हुने सम्भावना टरेको बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सभासद् थापाले प्रक्रियामा गएर भए पनि निर्धारित समयमा संविधान जारी गर्न नसकिने अवस्था सिर्जना उत्पन्न भएको जिकिर गर्नुभयो ।
एकीकृत नेकपा (माओवादी) र मधेसी मोर्चाले एक वर्षभित्र सहमति गरेर र सहमति बन्न नसकेमा प्रक्रियामा गएर भए पनि संविधान जारी गरिने भनी गरेको प्रतिबद्धता लत्याएर संविधान बन्न नदिने षड्यन्त्र गरेको आरोप थापाले लगाउनुभयो ।