संसदमा संविधान संशोधन प्रस्ताव प्रस्तुत

CA

काठमाडौँ- मधेसवादी दलको विरोधका बाबजुद पनि व्यवस्थापिका–संसद्को आजको बैठकमा संविधान संशोधनको प्रस्तावले प्रवेश पाएको छ ।

संविधानमा मधेसी मोर्चाले राखेका मागका विषयमा सहमति जुटाउन पाँच दिनसम्मको प्रयास असफल भएपछि प्रारम्भ भएको बैठकमा मधेसवादी दलले सुरुदेखि अन्त्यसम्म विरोध जनाएका थिए ।

विरोधका बाबजुद कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलका तर्फबाट उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

सभामुख ओनसरी घर्तीमगरले उक्त प्रस्तावमा यही पुस १२ गते आइतबारबाट छलफल प्रारम्भ गरिने जानकारी दिनुभयो ।