चार्ल्टन समाज यूकेको दशैं-तिहार शुभकामना कार्यक्रम २७ अक्टोबरमा, टिका सानु र सुमन परियारले धमाका मचाउने

लण्डन । बेलायतको साउथ लण्डन स्थित चार्ल्टन नेपाली समाज युकेले महान चाड दशैं-तिहार शुभकामना साझँ -२०२४ भब्य रुपमा मनाउने भएको छ ।

कार्यक्रममा चर्चित लोक दोहोरी गायिका टिका सानु र सुमन परियारको साथमा धमाका हुने भएको हो ।

समाजले आगामी अक्टुबर २७ तारिख आईतबार साझँ ६ बजे मेरडियन स्पोर्ट एण्ड सोसियल क्लबको सभाहलमा बिशेष कार्यक्रम गर्ने भएको हो  ।

नेपालीहरुको वाक्लै बस्ती रहेको लण्डनको साउथ इस्ट वरपर रहनु हुने  सम्पूर्णलाई हार्दिक निमन्त्रणा गरेको छ ।

कार्यक्रममा चर्चित लोक दोहोरी गायिका टिका सानु र सुमन परियार एबम स्थानिय कलाकारको साथमा मिठो नेपाली स्वादको खाना, दशै तथा तिहार सम्बन्धि सांस्कृतिक कार्यक्रम एबम डिजेको प्रस्तुति र सामुहिक भैलो खेल्ने तथा नाचगान गरिने समाजका महासचिब बसन्त खनालले बताए।

आफ्नो धर्म सस्कृति र परंम्परालाई कायम राख्दै समाजमा आपसी सध्दभाव र पारस्परिक सहयोग,दु:ख सुख साटासाट गर्ने कार्यक्रमको मुख्य लक्ष रहेको भन्दै समाजकी अध्यक्ष सीता अर्यालले यस क्षेत्रमा बसोबास गर्ने सम्पुर्ण महानुभाबलाई सहभागीताको निम्ति हार्दिक निमन्त्रणा गरेकी छन्।

कार्यक्रम स्थल-
Meridian Social and Sports Club क्ल्वब
समय : सांझ ६-११ सम्म
मित् : २०२४ अक्टुबर २७, आईतबार