ग्वाटेमाला । अवैध रुपमा सेन्ट्रल अमेरिकाको ग्वाटेमाला पुगेका १६ नेपालीसहित १७ जना बंगलादेशी नागरिक आईतबार ग्वाटेमालामा पक्राउ परेका छन् ।
ग्वाटेमाला सिटीबाहिर बसमा यात्रा गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । सम्भावित मानव ओसारपसारको आशंकामा प्रहरीले गरेको अपरेसनका क्रममा उनीहरुलाई अवैध रुपमा अमेरिका लगिँदै गरेको आशंकामा पक्राउ परेका हुन् ।
उनीहरुलाई सरकारी आप्रवासी सेवाले संचालन गरेको शिविरमा राखिएको छ ।







