क्रिसमस च्यारिटीको रकम धरानको आकाशे पुललाई

dharan
लन्डन- धरान समाज यूकेले क्रिसमस पार्टीमा संकलित रकम भानुचौकको आकाशे पुल निर्माणमा खर्चने भएको छ ।

आइतबार ह्यारो बरो फुटबल क्लवमा आयोजित समाजको क्रिसमस पार्टीमा संकलित रकम भानुचोकमा स्काइ ब्रीज ९आकाशे पुल० निर्माणमा खर्चने अध्यक्ष उमेशराज मोक्तानले जानकारी दिनुभयो ।

करिब ५० लाख रुपैयाँको लागतमा आकाशे पुल निर्माण हुनेक्रममा छ ।

शशी थापा सुब्बा र लक्ष्मी राई (लारा) ले सञ्चालन गरेको उक्त कार्यक्रममा क्रिसमस गीत, नाच र डिजे डान्स भएको थियो । टर्कीकी एक युवतीले गरेको बेली डान्समा पनि सहभागी रमाए । राफल चिट्ठामा लन्डन नेपाल न्यूजकी जेनी भट्टराईले पहिलो पुरस्कार न्यू बराह ज्वेलरीको तारा गुरुङको प्रायोजनमा दिइएको गोल्डेन डायमन्ड रिङ जितेकी छन् ।

उक्त अवसरमा दिइएको वेष्ट ड्रेस अन क्रिसमस थिमको पुरस्कार पुरुषमा रोजर विलियसले जिते । महिलातर्फ सुष्मा गुरुङ र वालवालिकाको क्याटेगोरिजमा कन्चन तामाङ र मोनिका गुरुङले जिते ।

च्यारिटी स्वरुप कैलाश नेपाल, तमु समाज बेलायत, सुवसिंह गुरुङ, विरु तामाङ र देव गुरुङले जनही एकसय एक पाउण्ड सहयोग गरेका थिए । अध्यक्ष मोक्तानले पुरस्कार प्रायोजन र रकम प्रदान गर्ने दाता साथै सहभागीहरुलाई धन्यवाद दिनुभएको छ ।