
लन्डन- लन्डन प्रहरीको मोस्ट वान्टेड सूचीमा नेपाली युवक पनि परेका छन् ।
लन्डन मेट्रो प्रहरीको मोस्ट वान्टेड सूचीमा आफ्नो देशका नागरिक पनि परेपछि नेपाली समूदायमा हल्लाखल्ला मच्चिएको छ । सोमबार सार्वजनिक गरेको एक दर्जन लुटेराहरुको सूचीमा २६ वर्षीय नेपाली सुमन श्रेष्ठ परेका हुन् ।
सुमनले लन्डन हन्स्लोमा तीनवटा लुटपाट गरेको र सन् २०१० को सेप्टेम्बरदेखि नोभेम्बरभित्र दुई लुटपाट प्रयास गरेको आरोपमा खोजी गरिएको दी गार्जियनले जनाएको छ । स्कटल्याण्ड यार्डले थालेको एन्टी बरग्लरी अपरेसन बम्बल बी अन्तर्गत व्यापक खोजिएका दर्जन लुटेरा आरोपीको तस्बिर सार्वजनिक गरेको छ ।
प्रहरी तथ्यांक अनुसार, पछिल्लो केही महिनायतामात्र घर प्रवेश गरेर लुटपाट गर्ने क्रम २५ प्रतिशतले वृद्धि भएको समाचारमा जनाइएको छ ।






