फडिन्द्र भट्टराई
लन्डन–चितवनको लोथरमा निर्माणाधिन चेपाङ घरका लागि गुल्मी जिल्ला समाज यूकेले आर्थिक सहयोग गरेको छ । लक्ष्मी प्रतिष्ठानले संचालन गरिरहेको चेपाङ घर निर्माण अभियानमा गुल्मी जिल्ला समाज युकेले सहकार्य स्वरूप सहयोग गरेको हो । प्रतिष्ठानको काठमाडौंस्थित कार्यालयमा एक कार्यक्रम आयोजना गरि समाजका सल्लाहकार सुरेश गौतमले १ लाख ६ हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नु भएको छ । ![12400197_10205394110641070_558827169_o[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/12/12400197_10205394110641070_558827169_o1-1024x576.jpg)
चेपाङ घर निर्माण अभियानमा सघाउन यूकेमै बस्दै आउनु भएका लक्ष्मी प्रतिष्ठानका आजीवन सदस्य एबम गुल्मी जिल्ला समाज युकेका समेत आजीवन सदस्यको रुपमा सक्रिय रहनु भएका हरि पन्तले संयोजन गर्नु भएको थियो ।
गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष अर्जुन गौतम तथा महासचिव राम गलामीले समाज को सहयोगले चेपाङ घर निर्माणमा सानै भए पनि सहयोग गर्न पाउदा खुशी व्यक्त गर्दै रकम जुटाउन पहल गर्नुहुने पन्त, तथा रकम हस्तान्तरण लागि नेपाल पुग्न हुने गौतमका साथै समाजसेवी ओमीलाल गौतम लगायत सम्पूर्ण सहयोगी हरुलाई धन्यवाद दिनुभएको छ ।
त्यसैगरी लक्ष्मी प्रतिष्ठान नेपालका अध्यक्ष बिष्णु गौतमले संयोजक तथा सहयोगी गुल्मी समाज प्रति हार्दिक आभार भ्यक्त गर्नु भएको छ । प्राप्त रकमले अत्यन्तै पछाडी परेका सिमान्तकृत बर्गलाई जीवन रुपान्तरणको लागि थलिएको यो अभियान मार्फत सकारात्मक मार्गमा अगाडी बढ्न मद्धत पुग्ने छ र उनीहरु आत्मा निर्भरता तर्फ उन्मुख हुनुहुने छ भन्ने बिश्वास रहेको बताउनु भएको छ ।
समाजका कोषाध्यक्ष टोपबहादुर पल्लीले आर्थिक सहयोगको रकम गत हप्ता नै नेपाल पठाई सकेको जानकारी दिनुभयो । गुल्मी जिल्ला समाज युकेले नेपालमा गुल्मी जिल्ला मात्र नभएर परोपकारी कार्यहरुमा देशव्यापी सहयोग पुर्याउदै आएको छ ।![12395549_782159965263999_660771386_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/12/12395549_782159965263999_660771386_n1.jpg)






