इनरुवा- तराई मधेस क्षेत्रमा जारी आन्दोलनका क्रममा दुई हप्ताअघि सुनसरीको विभिन्न स्थानबाट पक्राउ परेका मोर्चाका पाँच नेता तथा कार्यकर्ता आज रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक मुद्दाअन्तर्गत थुनामा राखिएका दुहवी, लौकही र भोक्राहाका मोर्चाआबद्ध कार्यकर्ता १६ दिनपछि रिहा भएका हुन् ।
जिल्ला अदालत सुनसरीको आदेशमा आइतबार साँझ उनीहरुलाई धरौटीमा रिहा गरिएको हो ।
अदालतबाट रु दुई हजार धरौटीमा रिहा हुनेमा लौकहीका–१ का ब्रह्मदेव यादव, वडा नं ४ का पर्शुराम यादव र भोक्राहाका विन्देश्वर यादव रहेका छन् ।
त्यसैगरी दुहवी बजार क्षेत्रमा आन्दोलन चर्काउने र तोडफोडमा संलग्न भएको भनी पक्राउ गरी सार्वजनिक मुद्दा चलाइएका रञ्जीत गौस्वामी र मुन्ना हलुवाई समेत अदालतको आदेशमा रिहा भएका छन् । गौस्वामी र हलवाई दुवैलाई जनही रु सात हजार धरौटीमा रिहा भएका छन् ।






