आन्दोलनबारे जानकारी दिन मधेसी नेता यूरोप पनि जाने !

morchaकाठमाडौं- मधेसकेन्द्रित दलका शीर्ष नेता भारत सरकार तथा भारतीय राजनीतिक दललाई नेपालको मधेस आन्दोलनको जानकारी गराउन भारत गएकलगत्तै यूरोप जाने तयारी गरेका छन् ।

तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले त्यहाँबाट फर्केर आएपछि मोर्चाका तर्फबाट एक अर्को टोली युरोप जानेसमेत जानकारी गराए । काठमाडौंको विभिन्न शक्ति, संघसंस्था, बुद्धिजीवी र नागरिक समाजको सहकार्यमा काठमाडौंमासमेत अब मधेसको पक्षमा आन्दोलन सुरु हुने सोनलले दाबी गरे ।

संयुक्त लोकतान्त्रिक मोर्चाका चारै पार्टीका चारै अध्यक्षहरु भारतीय सत्ता र विपक्षी दलका नेतालाई मधेस आन्दोलनबारे ‘ब्रिफिङ’ गर्न भारत गएको उनले स्पष्ट पारेका छन् ।