भैरहवामा ४ जना मधेसी मोर्चाका नेता गिरफ्तार

भैरहवा- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध ४ जना नेतालाई प्रहरीले भैरहवाबाट गिरफ्तार गरेको छ ।

आइतबार भैरहवाको बेलहिया नाकामा धर्ना दिन आउने क्रममा मोर्चाका जिल्ला स्तरीय नेताहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा संघीय समाजवादी फोरम नेपालका रुपन्देही अध्यक्ष महेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अजय वर्मा, सद्भावना राजेन्द्र महतो पक्षका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव र तमसपाका रुपन्देही अध्यक्ष श्रीनिवास यादव रहेका छन् ।

जिल्ला नेताहरुका अलावा कार्यकर्ताहरु गणेश पाल र राजकुमार सिंह पनि पक्राउ परेको रुपन्देहीका डिएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् ।