अख्तियार जान हतार छः कनकमणि

kanak mani dixit
काठमाडौं- पत्रकार कणकमणि दीक्षितले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काटेको पत्रबारे प्रतिक्रिया दिँदै आफुलाई अख्तियारमा उपस्थिति जनाउन ‘हतारो र उत्सुकता’ रहेको बताएका छन् ।

अख्तियारले साझा यातायातको अध्यक्षको हैसियतमा उपस्थिति जनाउनका लागि काटेको पत्रलाई लिएर दीक्षितले आइतबार सामाजिक सञ्जाल ट्वीटर मार्फत आफू अख्तियारमा उपस्थित हुन हतारिएको बताएका हुन् । आइतबार दिल्ली जानका लागि जहाज चढ्नै लाग्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एकजना कर्मचारीले पत्र थमाएको उल्लेख गर्दै दीक्षितले पत्रवाहक जागरुक रहेको भन्दै उनीमाथि व्यङ्ग्य समेत गरेका छन् ।

अख्तियारले १२ पूर्वमन्त्री, ३ सचिवसहित २९ जना प्रभावशाली व्यक्तिलाई पत्र काटेर छानविन सुरु गरेको छ ।