नेपलिज वुमन हेल्पिङ हेन्ड्स यूकेले धादिंगका विद्यालयलाई दियो २५ कम्प्युटर

computer

लण्डन । नेपलिज वुमन हेल्पिङ हेन्ड्स यूकेले धादिङका तीन विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ ।

संस्थाले भुकम्पपीडितको लागि संकलन गरेको रकम धादिंगका तीन वटा भूकम्पबाट क्षतिग्रस्त विद्यालयलाई २५ वटा कम्प्युटर र ३ वटा प्रिन्टर हस्तान्तरण गरेको हो  ।

संस्थाकी सचिव श्रीमती दुर्गा थापाले एक कार्यक्रमबीच विद्यालयका प्रधानाध्यापक र विद्यालय सञ्चालक समितिका अध्यक्षलाई ति कम्प्युटर हस्तान्तरण गरेकी हुन् ।

धादिङमा कार्यरत संस्था रिम्स् नेपालले हस्तान्तरण गरिएका कम्प्युटर र प्रिन्टर व्यवस्थापन एवं मर्मत सम्भार गरिदिने वचन दिएको छ ।

धादिङ जिल्ला काठमाण्डौंबाट त्यति टाढा नभएपनि भौगोलिक कठिनाइका कारण त्यहांका शिक्षक तथा विद्यार्थीहरुलाई साधन र स्रोत अभावका कारण आधुनिक शिक्षा प्रणाली अपनाउन निक्कै कठिन भएको संस्थाकी अध्यक्ष तारा पौडेलले बताइन् ।