जनताबाट आएको सुझावप्रति काँग्रेसको ध्यान तानियो

gagan-thapa-final-final7

नेपाली कांग्रेसले नयाँ संविधानका सन्दर्भमा जनतावाट आएका सुझावलाई ध्यान दिई पार्टीको एकीकृत विचार वनाउने भएको छ । मुख्य गरी जनताले बढी चासो दिएका विषयलाई महत्वकासाथ उठानपनि कांग्रेसले गर्ने भएको छ ।

 शनिवार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठकले नयाँ संविधान निर्माणमा अगाडि तेर्सिएका अवरोधहरु हटाउन पार्टीले रचनात्मक भूमिका खेल्ने निर्णय गरेको छ ।

बैठकवारे जानकारी दिँदै कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद गगन थापाले जनतावाट आएका सुझावलाई कसरी संविधानमा एकीकृत गर्न पार्टीले भूमिका खेल्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

 शनिवारको बैठकमा आसन्न महाधिवेशनको तयारीको सन्दर्भमा विभिन्न जिल्लामा देखिएका समस्या र सामाधानवारे भईरहेको प्रयासका सन्दर्भमापनि छलफल भएको नेता थापाले जानकारी दिनुभयो ।