मधेसमा जन्मियो अर्को मोर्चा

madeshiकाठमाडौं- मधेसकेन्द्रित केही दलले अर्को मोर्चा बनाएका छन् ।

यसअघि नै फरक तीन मोर्चामा आवद्व फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी र नेपाल सद्भावना पार्टीका अनिल झा र तराई मेधसमा तराई मधेस राष्ट्रिय अभियान चलाउँदै आएका जेपी गुप्ता मिलेर नयाँ मोर्चाको गठन गरेका हुन् ।

गुप्ताको अगुवाईमा गठन भएको संघीय समावेश गठबन्धन नामक मोर्चाले संयुक्त रुपमा अघि बढ्दा मधेस आन्दोलनलाई निश्कर्षमा पुर्‍याउन सम्भव हुने ठहर गरेको छ ।

शनिबार जनकपुरमा बसेको बैठकबाट नयाँ मोर्चा बनाएर अघि बढ्ने निर्णय भएको भएपनि झा, यादव र भण्डारी तथा गुप्ताको आफ्नै मोर्चा यसअघि नै अस्तित्वमा रहेको छ । झाको संघीय मधेसी मोर्चा रहेको छ भने राजकिशोर र भण्डारीको संघीय लोकतान्त्रिक मोर्चा रहेको छ ।