नेपाल ग्यासले आज दुई हजार ३० सिलिन्डर ग्यास बाँड्ने

काठमाडौं ३ मंसिर । नेपाल ग्यासले बिहीबार काठमाडौंमा दुई हजार ३० सिलिन्डर ग्यास वितरण गर्ने भएको छ । काठमाडौंका विभिन्न २६ स्थानबाट ग्यास वितरण गर्न लागेको नेपाल ग्यासले जनाएको छ ।

सानो भञ्याङ, जावालाखेल तथा अनामनगरस्थित डिपोबाट एक सय ४० सिलिन्डर तथा अन्य डिपोबाट ७० सिलिन्डरका दरले ग्यास वितरण गर्न लागिएको हो ।

ग्यास पाउने खबर सुनेपछि नेपाल ग्यास उद्योग प्रालिको डिपो अगाडि बिहानैदेखि सर्वसाधारण लाइनमा बसेका छन् ।

कहाँ कति बाँडिदैछ ग्यास

nepalgas