नेपाली साहित्यको राष्ट्रिय अन्तर्राष्ट्रिय श्रीवृद्धिका लागि कार्यरत विश्व नेपाली साहित्य महासङ्घको म्यान्मा शाखा गठन भएको छ । राजधानी याङ्गनमा भएको साहित्यिक भेलाले समितिका अध्यक्षमा लक्ष्मण नेउपाने, उपाध्यक्षमा कृष्ण ढकाल (टाउजी) र निला सुवेदी (मिचिना), महासचिवमा मोहनराज खनाल (याङ्गुन), सचिवमा सेरु थापा (मोगोक), सहसचिवमा रदीप खराल (मोगोक), कोषाध्यक्षमा देवेन्द्र रिजाल (माण्डले), निरीक्षकमा मोती गुरागाईं (याङ्गुन) र होमनाथ ढकाल (मिचिना) लाई  चुनेको छ ।
शाखा समितिका संरक्षक मण्डलमा म्यान्माका लागि नेपाली राजदुत पारस घिमिरे, श्रीमती प्रवीणा घिमिरे, ठाकुरप्रसाद गुरागाईँ, महानन्द भट्टराई र टेकनारायण रिमाल रहनुभएको छ । पुस्तौँदेखि नेपाली पहिचान बोकेका लाखाँै म्यान्मालीले नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोगाउँदै आएका छन् । नेपाली साहित्यको अन्तर्राष्ट्रिय सञ्जाल साहित्य महासङ्घको म्यान्मा शाखा १७ औँ मुलुकको २३ आँै शाखा बनेको महासङ्घ केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिनुभयो । केही हप्ताअघि मात्र अस्ट्रेलियामा पनि यसको शाखा बनेको थियो ।

फेसबुक कमेन्ट