लन्डन । तमुधीं लण्डन इकाईले तमु (गुरुङ) हरुको महान पर्व ल्होछार मनाउने भएको छ । आउँदो आईतबार जनवरी ७ तारिक ग्रिनफोर्ड टाउन हलमा मुप्री ल्हो अर्थात(गिद्बा वर्गको आगवन सॅंगै महान चार्ड ल्होछार पर्व एवं लण्डन इकाईको १६ औं बार्षिक ऊत्सव भब्य रुपमा मनाउन लागिएको हो ।
कार्यक्रममा ‘मौलिक परम्परा, संस्कृति र झल्किने गरी मनाउन लागिएको इकाईका महासचिव रक गुरुङले जानकारी दिए।
कार्यक्रममा तमुधीं यूकेको निमन्त्रणमा नेपालबाट आएका कलाकारहरु नेपाल आईडल सिजन तिनका टप टेन ममता गुरुड तथा बिभिन्न गुरुड गीतहरु गाई सकेका सरुन गुरुडको प्रस्तुति रहने छ। त्यसैगरि अथिति कलाकारहरुमा प्रत्यक्ष लोक दोहोरीका चर्चित नाम निर्जला गुरुड र सविन गुरुडको पनि बेजोड प्रस्तुति रहने महासचिव रक गुरुङले बताए ।
उक्त कार्यक्रममा उपस्थितिका नेपाली बाबा आमा,दाजुभाइ, दिदीबहिनीहरु लगायत संघसंस्थालाई आमन्त्रण गरिएको अध्यक्ष भरत गुरुङले बताए।






