लण्डन । नेपालका लोकप्रिय तथा पहिलो नेपाली तारा विजेता गायक दीपक लिम्बु बेलायत भ्र्मडका लागि बुधबार लण्डन आइपुगेका छन ।
सहारा यूकेले गर्ने विशेष सांस्कृतिक कार्यक्रम ,तथा च्यारिटी डिनरमा गायक लिम्बुसंगै अन्य केहि स्थानीय कलाकार समेतको सहभागिता हुने उपाध्यक्ष मीन साइला गुरुंगले जनाए ।
आगामी नोभेम्बर १५ तारिख आइतबार फोक्सटनमा गाएक लिम्बुको पहिले शो हुँदैछ । उक्त शोमा १० पाउण्डको टिकट लाग्ने आयोजकले जनाएका छन् ।
त्यसैगरी नोभेम्बर २१ तारिखमा अल्डरसटमा सहारा यूकेद्वारा आयोजित च्यारिटी डिनरमा पनि लिम्बुले गाउनेछन । सो डिनर स्थानीय प्यालेस पार्टी हलमा हुंदैछ ।
सहारा यूकेका अनुसार नोभेम्बर २९ तारिख गायक लिम्बुको तेस्रो शो अल्डरसटकै इम्पायर हलमा तय भएको छ ।







