लण्डन । नेपालीहरूकाे महान पर्व दीपावलिको अवसरमा लन्डनस्थित पशुपतिनाथ मन्दिरले लक्ष्मी माताको पुजा आजा तथा प्रार्थना गरी मन्दिरकै प्रांगणमा भैलो खेल्ने कार्यक्रम सम्पन्न भएकाे छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालजंग अर्यालले नेपाली कला संस्कृतिको जगेर्ना र नयां पुस्ताबीच संस्कृतिको महत्व बुझाउन कार्यक्रम गरिएको जनाए । मन्दिर टष्टी विनोद ज्ञवाली, कमिटी सदस्य हरि पन्त, सरिता पौडेल लगायतले कार्यक्रम व्यवस्थापनमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।
बुधबार साँझ साउथ ईस्ट लण्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा लक्ष्मी पुजाको शुभ अवसरमा पण्डित विनोद पन्थीले पूजाआजा गरेका थिए । परम्परागत नेपाली भेषमा सजाएर मारुनी, मादले समेत बनाएर खेलिएको देउसी भैलोको प्रस्तुति निकै आकर्षक थियो ।







