काठमाडौं : भारतले लगाएको नाकाबन्दी विरुद्ध नेपाली खेलाडीहरु बिरोधमा उत्रिएका छन् । खेलाडीहरुले पहिलो चरणमा हस्ताक्षर अभियान शुरु गरेका गरेका छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा दशरथ रंगशालामा सोमबार भएको कार्यकममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब केशबकुमार बिस्ट, कृतिमानी खेलाडीहरु वैकुण्ठ मानन्धर, दीपक बिस्ट, संगीना बैध र जीतबहादुर केसी सहभागी भए ।
त्यसैगरी दीपक श्रेष्ठ, केदारमान स्थापित, कुशल श्रेष्ठ, आङबाबु लामा, नयना श्रेष्ठ, शुसील नरसिंह राणा, सङ्घरत्न महर्जन, मण्डे श्रेष्ठ, केशरी चौधरी र चन्द्र थापाले पनि हस्ताक्षर कार्यक्रममा सहभागिता जनाए ।
नाकाबन्दी विरुद्धको हस्ताक्षर कार्यकम दिनभर रंगशालाको स्विम्मिङ पुल परिसरमा जारी रहने छ ।
हस्ताक्षर मंगलबार प्रधामन्त्री केपी शर्मा ओली र भारतीय राजदूतावासलाई बुझाउने कार्यकम रहेको कार्यकमको संयोजन गरिरहेका धावक एवम् पर्वतारोही सञ्जय पण्डितले बताए |







