तेल ल्याउने कम्पनी र मूल्य तोक्न सरकालाई दवाव
भरत पाण्डेय । बिराट पेट्रोलियमबाट तेल ल्याउन अांफूले दिएको प्रयास सफल हुन नसकेपछि आयल निगमले सरकारलाई नै तेल ल्याउने कम्पनीको निर्णय गर्न दवाव दिएको छ । तेल ल्याउन आफूले अनुमति दिएको कम्पनीको बारेमा सर्वत्र आलोचना गरेर ठेक्का प्रकृया रद्ध गर्नुपर्ने अवस्था आएपछि उनले सरकारलाई कम्पनी र मूल्य निर्धारण गरेर ठेक्का दिन दवाव दिएका हुन् । ‘कसैले केही निर्णय गर्नैपर्छ, यसमा केही स्पष्ट निर्णय आउनुपथ्र्यो ।’ बिराटको बारेमा सरकारले निर्णय नगरेकोमा आक्रोस व्यक्त गर्दे निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले घुमारो पारामा भने ‘तर नियमानुसार गर्नुस भनेर कसैले पनि ईन्भेष्ट गर्दैन ।’
उनले मन्त्री परीषदले निर्णय गरेर आफूलाइ सर्वाधिकार दिएपनि आफूहरुले गरेको निर्णयका बारेमा विभीन्न समितिहरुलाई जवाफ दिईरहनु परेकोमा असन्तुष्टि पोखे । अव कुन कम्पनिले कतिलिटर ल्याउँने भनेर स्पष्ट किटान गरेर निर्णय गर्न आग्रह गरीसकेको उनले बताए । ‘हामीले अथक प्रयास ग¥यौँ, तर अनावस्यक टिकाटिप्पणी आयो, विभीन्न समितिहरुमा पुगेर पनि जवाफ दिनुपरेको छ ।’ खड्काले भने ‘यो कम्पनीले प्रतिलिटर यति मूल्यमा तेल ल्याउन हामीले सरकार समक्ष पु¥याईसकेको स्थिती छ ।’
पाँचदिनदेखि भारतले पूर्णतया ठप्प पारेको नाका केही खुकुलो पारेपन िखड्काले थोपो तेल नआएको दावी गरे । तर आइतबार काकडभिट्टा र भैरहवा नाकाबाट ४२ ट्यांकर पेट्रोलियम पदार्थ भित्रिएको थियो। भारतले अव नाका ठप्प पारेकोले सरकारले कम्पनी र मूल्य तोकेर निर्णय नगरेसम्म ईन्धन सहज नहुने र अव सरकारी निर्णय नभएसम्म कसैले पनि तेल ल्याउन आँट नगर्ने उनले बताए । ‘अव आँट कसैले पनि नगर्ने मैले देखेको हो’ खड्काले भने ‘यसमा स्पष्ट निर्णय आउनुप¥र्यो तर नियमानुसार गर्नुस भनेर मान्छेले लगानी गर्दैन ।’
पहिल्यै सरकारी गृहकार्य नभएकोले यो अवस्था आएको उनको आरोप छ । खड्काले सरकारी गृहकार्य नभएकोले आएको समस्या समाधान गर्न कुनै निजी कम्पनीले त्यतिकै एकैदिनमा ५०÷६० करोड लगानी गर्ने आँट नगर्ने ठोकुवा गरे । ‘५०÷६० करोड एकैदिन लगानी गर्नूपर्ने भएकोले प्राईभेटले नगरेको हो ।’ उनले भने ‘अव आँट कसैले नगर्ने मैले देखेको छु ।’
नाका खुल्यो भने आईओसीले पठाईहाल्छ ः
खड्काले समस्या समाधान गर्न सरकारी पहल बढाउनुपर्ने भन्दै कुटनितिक पहल गरेमा तेल आईओसिले नै दिने दावी गरे । ‘आयल निगम र आईओसीका विचमा निरन्तर सम्पर्क भैरहेको छ ।’ उनले भने ‘नाका खुल्यो भने आईओसीले पठाईहाल्छ ।’
सरकारले कार्तिक २ गते राजपत्रका सूचना प्रकाशित गरेर निजी क्षेले आफै ल्याएर बेच्न सक्ने भनेको छ । तर उनले आउने संभावना नभएको बताए । ‘हामीकहाँ केही निजी क्षेत्रबाट हामीले ल्याउँछौँ भनेर पत्रहरु आएका पनि छन्’ उनले भने ‘तर आउनसक्ने संभावना मैले देखेको छैन । ’
बिराटको बारेमा सरकारले निर्णय नगरेपछि खड्काको आक्रोस






