नेपालमा भन्दा ठूलो भूकम्प, भारत-पाकिस्तानमा कडा धक्का

काठमाडौँ, ९ कात्तिक । अफगानिस्तानको हिन्दुकुश पर्वत आसपास केन्द्रबिन्दु बनाएर ७.७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पबाट छिमेकी मुलुक र पाकिस्तानमा कडा धक्का महसुस गरिएको छ ।
भारतीय संचारमाध्यमहरुका अनुसार, भूकम्पपछि दिल्लीमा भागदौड मच्चिएको थियोभने दिल्‍ली मेट्रोको सेवा समेत रोकिएको छ । अहिले पनि भूकम्पको धक्का आरहेका कारण स्थानीय बासिन्दाहरु घर छाडेर भागेका छन् ।
भूकम्पको पहिलो झट्का स्थानीय समय अनुसार २ बजेर ४५ मिनेटमा गएको थियो । यो नेपालको भन्दा कडा भूकम्प हो । जम्मू, कश्मीर र पाकिस्तानमा पनि भूकम्पको झटका महसूस गरिएको छ। भूकम्पबाट भएको क्षतिका बारेमा भने केही बताइएको छैन् ।