विश्वकै सस्तो सहर मुम्बई

Mumaiलन्डन २६ असोज । विश्वका ठूला १२ महानगरीय सहरहरुमध्ये भारतको आर्थिक नगरी विश्वकै सस्तो सहर भएको छ । खान र बस्नका लागि मुम्बई सस्तो भएको हो ।

कामदारलाई आवास उपलब्ध गराउने कम्पनीका लागि लन्डन, हङकङ र न्युयोर्क विश्वकै महँगा सहर भएका छन् । लन्डनको खर्च उचाइमा पुगेका कारण पनि महँगो सहरका रुपमा स्थापित भएको साभिल्स वल्र्ड रिसर्चले जनाएको  छ ।

सूचकांकमा सबैभन्दा सस्तो मानिएको मुम्बईमा एक कामदारलाई आवास उपलब्ध गराउनका लागि २९ हजार ८८ डलर मात्रै लाग्छ । यो २००८ को तुलनामा २.४ प्रतिशत मात्रै बढी हो । सांघाईमा भने एक कामदारका लागि ३८ हजार ८९ डलर लाग्छ । यो २००८ को तुलनामा १५.६ प्रतिशत बढी हो ।