![]()
काठमाडौं, २५ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भारतले नयाँ चाल चल्दै बामपन्थीलाई पनि आफ्नो प्रभावमा पार्न लागेको बताएका छन्।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भारतले नेपाली कांग्रेस र मधेशी दल आफ्नो पकेटको भएकाले वामपन्थीलाई पनि आफ्नो प्रभावमा पार्न नयाँ कुटनीति अबलम्बन गरेको हुन सक्ने बताए। उनले सुशील कोइराला नेतृत्व सरकारको पालामा नाकाबन्दी लगाउँदा भारतको कुनै प्रतिक्रिया नआए पनि ओली प्रधानमन्त्री बन्नासाथ दिएको बधाई र इन्धन लिन गरिएको आग्रह भारतको नयाँ चाल भएको बिजुक्क्षेंले बताए।
नेपाल र नेपालीका समस्या बुझेर बिस्तारै संविधान संसोधन गर्न सकिने भएता पनि भारतको दबाबमा आएर तत्कालै संविधान संशोधन गरे त्यसले देशमा अस्थितरता बढ्ने उल्ल्खे गर्दै उनले तत्कालै संविधान संशोधन देशका लागि घातक सावित हुने बताए।
उत्तर तर्फको छिमेकीले नेपाललाई चाहिने इन्धन आपुर्तीका लागि सहज मार्ग खोल्न सक्ने भएता पनि नेपाल सरकारले कुनै लिखित रुपमा प्रस्तुत र ब्यापार बिस्तार नगरेकाले इन्धन समस्या बढेको उनको भनाइ थियो।






