काठमाण्डाै २२ असाेज । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर तीन दल सँगै मिलेर अगाडि बढ्नु पर्ने सुझाव दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा लगायतको टोलीले कोइरालालाई भेटेर सहमतिमै अगाडि बढ्नु पर्ने सुझाव दिएको हो।
एकीकृत नेकपा माओवादीले १६ बुँदे सम्झौता गर्दा नेकपा एमालेको नेतृत्वमा सहमतीय सरकार गठनको भद्र सहमति भएको भन्दै प्रमुख दलहरु सम्मिलित सरकार गठनको पहल गर्नु पर्ने सुझाव दिएको छ।
संविधानको कार्यान्वयन, भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निमाण लगायतका काम गर्न प्रमुख दलहरुको सहकार्य आवश्यक भएको भन्दै वहुमतीय प्रक्रियामा सहमतीय सरकार गठनको पहल गर्नुपर्ने सुझाएको हो।
एमाओवादीले सहमतीय सरकार गठनका लागि आपसमा समझदारी गर्न काँग्रेस र एमालेलाई आग्रह समेत गरेको छ।
एमाओवादीले काँग्रेस र एमालेमध्ये जसले सरकारको नेतृत्व गरेपनि आफ्नो सहयोग रहने भन्दै सहमतिमै सरकार बन्नुपर्ने धारणा राखेका थिए।
पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरू दुवै दल सहितको सरकार गठनको पक्षमा रहेकाले कुनै एक दलको पक्षमा निर्णय नगरेको बताए।‘ कांग्रस एमाले जसले सरकार बनाए पनि सहमतमा बनाउनेलाई हाम्रो समर्थन हुन्छ,’ उनले भने।
एमाओवादीले मधेशवादी दल, थरुहट संयुक्त संघर्ष समिति र आन्दोलनरत अन्य पक्षका जायज माग संविधान संशोधन गरेर सम्बोधन गर्नका लागि तयार हुन काँग्रेससँग आग्रह गरेको छ।






