![]()
काठमाण्डाै २२ असाेज । प्रहरी मुख्यालयले काठमाडौं प्रहरी प्रमुखमा एसएसपी विक्रमसिंह थापालाई पठाएको छ। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालकै जोडमा थापालाई काठमाडौं प्रहरी प्रमुखमा तानिएको हो। कार्यशैलीमा खरो स्वभावका रुपमा मानिएका एसएसपी थापाले यसअघि जिल्ला प्रहरी कार्यालय रुपन्देही, बाँके, ललितपुर लगायतका जिल्लामा काम गरिसकेका थिए।
थापा गुल्मीकाे पिपलधारा निवासी हुन् । नेपालकाे निजामति र प्रशासनिक क्षेत्रमा गुल्मेलीकाे बाहुल्यता भएसंगै सुरक्षा निकायकाे उपल्लाे तहमा पनि गुल्मेलीहरूले प्रभाव जमाउन थालेका छन् ।






