२ महिनामा म्यानपावर एजेन्सी र एजेन्टले नौ करोड ठगे

काठमाण्डौ १८ असोज । म्यानपावर एजेन्सी र एजेन्टले पछिल्ला २ महिनामा नेपाली कामदारसँग ९ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेका छन् । विभागको तथ्यांकअनुसार २७८ म्यानपावर एजेन्सीविरुद्द ४ करोड ९३ लाख र ७८ एजेन्टविरुद्द ४ करोड ७९ लाख रुपैयाँको बिगो दाबीसहित उजुरी परेका छन् ।

बिगो दाबीमध्ये ८ एजेन्टले ४८ लाख ८७ हजार र ९६ म्यानपावर एजेन्सीले १ करोड ८ हजार रुपैयाँ कामदारलाई फिर्ता गरिसकेका छन् । ४१ एजेन्ट र २ एजेन्सीविरुद्द १ करोड रुपैयाँ बराबरको बिगो दाबीसहित अदालतमा मुद्दा दायर भएको छ । विभागले एउटा एजेन्सीलाई १ लाख रुपैयाँ जरिवाना गरेको आजको कारोबार दैनिकमा खबर छ ।