पूर्व वडाअध्यक्ष श्रेष्ठ मृत फेला

स्याङ्जा : वालिङ नगरपालिका ९ का पूर्व वडाअध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् ।

वालिङ १३, स्थित गहाखोलाको शाखा सडकमा उनी मृत अवस्थामा फेला परेका हुन् । सिद्धार्थ राजमार्ग भन्दा करिव २० मिटर तल लडेको अवस्थामा उनको शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए ।

ग १६ प ५४६१ नं को स्कुटर सहित श्रेष्ठ पल्टेको अवस्थामा भेटिएका हुन् ।  गएरातिदेखि नै श्रेष्ठ सम्पर्कविहीन भएका थिए ।

उनको शव वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा पोस्टमार्टमको लागि पठाईएको वडा प्रहरी कार्यालय वालिङका डिएसपी ढकेन्द्र खतिवडाले बताए । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

श्रेष्ठ २०७४ को स्थानिय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।