काठमाडौं–व्यवस्थापिका संसदको बैठक शोकप्रस्ताव पारित गर्दै असोज २२ गतेसम्मका लागि स्थगित भएको छ।
२०१५ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद नरबहादुर थापा र ०६४ सालको संविधानसभा निर्वाचनमा एमाओवादीकातर्फबाट बर्दिया–४ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री रामचरण चौधरीको निधनमा शोकप्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो। २२ गते बस्ने बैठकले नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढाउने छ।
संसद बैठक २२ गतेसम्मका लागि स्थगित






