नाइजेरियाको सधै अशान्त भइरहने गुमसुरी गाउँमा बोको हराम आतङ्ककारी समूहले ३२ व्यक्तिको हत्या गर्नुका साथै अन्य सयौँलाई अपहरण गरेका स्थानीय अधिकारी र प्रत्यक्षदर्शीहरूले बिहीबार जानकारी दिएका छन् । बोको हराम आतङ्ककारी समूहको यस हिंसामा दुर्गम क्षेत्रबाट महिला बालबालिकासहित १०० भन्दा बढी व्यक्ति अपहरणमा परेका स्थानीय अधिकारीहरूका जनाएका छन् ।
सो आतङ्ककारी समूहले ‘चार युवाको हत्या गरेपछि हाम्रा श्रीमतीहरू र छोरीहरूको अपहरण गरेका छन्’ भनेर मुखतार बुबा नामक एक व्यक्तिले बताएका छन् उनी बोर्नो राज्यको राजधानी मैदुगुरीबाट भागेर आएका थिए । गत अप्रिलमा पनि बोको हराम आतङ्ककारी समूहले २०० भन्दा बढी युवतीलाई एक विद्यालयकबाट अपहरण गरेका थिए ।
बोको हरामद्वारा ३२ व्यक्तिको हत्या






