पेरिस, असोज १० । फ्रान्सेली सेनाले पहिलोपटक सिरियामा आतंकवादी समूह आईएसविरुद्ध हवाई हमला गरेको छ ।
फ्रान्सको राष्ट्रपति कार्यालयले एक बक्तब्य जारी गरी पहिलो पटक हवाई हमला गरेको स्पष्ट पार्दै अब फ्रान्सले आईएसविरुद्धको कारवाही तीब्र पार्ने स्पष्ट पारेको छ ।
फ्रान्सेली सेनाले क्षेत्रीय सहयोग नियोगको सहयोगमा आक्रमण गरेको जनाउँदै आईएसविरुद्धको अभियानमा सफलता पाउने विश्वास ब्यक्त गरेको छ । फ्रान्सेली सेनाले गरेको आक्रमणमा आईएसका केही कार्यकर्ता घाइते भएका छन् ।







