जनार्दन घिमिरे
गुल्मी १० असोज । नेपालमाथि भारतले गरेको हस्तक्षेपको विरोधमा आईतवार गुल्मी जिल्लामा विद्यार्थी संगठनहरुद्वारा विरोध प्रर्र्दशन गरिएको छ । जिल्ला स्थीत नेपाल विद्यार्थी संघ, अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीद्वारा संयुक्त रुपमा सदरमुकाम तम्घासमा उक्त विरोध प्रर्दशन गरिएको हो ।
सदरमुकाम स्थीत रेसुङ्गा वहुमुखि क्याम्पसवाट निकालीएको विरोध र्यालीले भारतीय हस्तक्षेप विरुद्ध विभिन्न चर्का नाराहरु लगाउँदै तम्घास वजार परिक्रमा गरि लाकुरी मञ्चमा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा विद्यार्थी नेताहरुले आफ्ना नेताहरुलाई नेपाली जनताहरुले लामो समयपछि संविधान पाएको खुसियालीमा जनताहरुलाई संविधान प्राप्तीको उपलव्धीको वारेमा जानकारी दिनकालागि गाउँगाउँ जान आग्रह गरेका छन् ।
उनीहरुले देशको अस्तित्व रक्षाको लागि भारतीय हस्तक्षेप नेपालीहरुका लागि मान्य नहुने भन्दै नेताहरुलाई खुट्टा नकमाउन आग्रह समेत गरेका छन् । कार्यक्रममा विद्यार्थीहरुले भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीको पुत्ला समेत दहन गरेका छन् । विद्यार्थीहरु मोदीको पुल्ता दहन गरिसकेपछि प्रहरीले पानी हालेर उक्त दहन गरिएको पुत्ला निभाएको थियो । कार्यक्रममा नेविसंघका जिल्ला सभापति शुदर्सन खनाल, अनेरास्ववियूका जिल्ला संयोजक राजेन्द्र कुँवर लगायतले सम्वोधन गरेका थिए ।
भारतीय हस्तक्षेपको विरुद्ध गुल्मीमा मोदीको पुत्ला दहन






