असाेज ९, जर्मनी । जर्मनीस्थित नेपाली युवा व्यवसायी सन्तोषकुमार भट्टराईले गैरआवासीय नेपाली संघ, अन्र्तराष्ट्रिय समन्वय परिषद्को सचिव पदमा उम्मेद्धारी दिएका छन् ।
यसअघि जर्मनीका तर्फबाट संघमा अन्तर्राष्टिय समन्वय परिषद्को सदस्य तथा नेपाली नागरिकताको निरन्तरता कार्यदलमा युरोप क्षेत्रीय संयोजकका रुपमा काम गरिसकेका भट्टराईले गैरआवासीय नेपालीलाई थप संगठित र प्रभावशाली तुल्याउन आफू कटिबद्ध भएर लाग्ने बताएका छन् ।
बिहीबार राति जर्मनीको ह्याम्बर्गमा आयोजित एक समारोहमा भट्टराईले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । “विकास निर्माणका क्षेत्रमा नेपालमा एकल वा संयुक्त लगानी गर्न गैर आवासीय समुदायलाई प्रोत्साहित गर्नेछु,”सचिव उम्मेदवारीसँगै भट्टराईले भने, “हामी गैर आवासीय नेपाली आफ्नो हक–अधिकारभन्दा बढी नेपालमा परोपकारी काम अथवा लगानी अभिबृद्धिका क्षेत्रमा काम गर्न बढी जागरुक हुन थालेका छौं ।”
५ महिनाअघि नेपालको गएको बिनाशकारी भुकम्पपछि गैर आवासीय नेपालीको राहत वितरण कार्यक्रममा धादिङ र सिन्धुलीमा पुगेर लामो समय उनी परोपकारी काममा जुटेका थिए ।






