तीन नगरपालिका जोड्ने करिडोर निर्माणको शिलान्यास

सोनी श्रेष्ठ / काभ्रेपलाञ्चोक
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका, पनौती नगरपालिका र धुलिखेल नगरपालिका गरी तीन नगरपालिका जोड्ने पुण्यमाता नदीको किनारमा करिडोर निर्माणका लागि आज शिलान्यास सम्पन्न भएको छ ।

नेपाल सरकारका पुर्व सूचना तथा सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटाले गरेको शिलान्यास कार्यक्रममा जनप्रतिनिधी सांसद गंगा बहादुर दोङ, बागमती प्रदेश सासद बसुन्धरा हुमागाई, जिल्ला समन्वय प्रमुख उद्धब के।सी।, बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिं बादे , धुलिखेल नगरपालिकाका प्रमुख तथा नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु, पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने, सहरी विकास मन्त्रालयका सचिब, तिनवटै नगरपालिकाका उप प्रमुख र वडा अध्यक्षहरु लगाएत विभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

जिल्लाकै गौरबपूर्ण आयोजनाको रुपमा हेरिएको पुण्यमाता करिडोरको पहिलो चरणको कामका लागि रु १५ करोड बजेट विनियोजन भएको कार्यक्रममा जनाइएको छ ।