लण्डन । गुल्मी जिल्लामा जन्मिएका सोम सापकोटाले गैरआवासीय नेपाली संघ (एनआरएन)को संयोजक पदमा उम्मेदवारी दिने भएका छन् । संघका वर्तमान उपसंयोजक सापकोटाले अहिले संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
सन् २००४ बाट एनआरएनमा आवद्ध सापकोटा गुल्मीको वामीमा जन्मिएका हुन् । उनले आफू संयोजक भएमा उनले युरोप क्षेत्रका २७ राष्ट्रिय समन्वय परिषद, केन्द्र तथा नेपाल सरकार, सरोकारवाला यूरोपका नेपाली राजदुताबास, युरोपबाट नेपाललाई सहयोग गर्ने गैर सरकारी संस्था तथा अन्य सहयोगी निकायहरुसँग समन्वय गरेर युरोपमा नेपालीहरुका समस्याहरूको तत्कालीन र दीर्घकालीन समाधान गर्ने अजेण्डा अघि सारेका छन् ।
युरोपमा बैदेसिक रोजगारका लागि सरकारसंग समन्वय गर्ने, युरोपका नेपालीबीच सामुहिक लगानीको वातावरण बनाउने, नेपालको पर्यटन, कला सँस्कृतिको विकास र प्रबर्धन तथा महाभूकम्पले जर्जर नेपालको पुनर्निर्माणको लागि समन्वय गर्ने उनको योजना छ ।
सापकोटा यसअघि एनआरएन पोर्चुगलको सदस्य, डेनमार्कको संस्थापक अध्यक्ष, अन्तर्रा्ष्ट्रिय समन्य परिषदको सदस्य भइसकेका छन् ।
गुल्मीका सापकोटाको एनआरएन यूरोप संयोजकमा उम्मेदवारी






