सेलेनाको योनी छेउमा ‘ॐ’

काठमाडौं, ४ असोज । हलिउड नायिका तथा विश्व प्रख्यात गायिका सेलेना गोमेजले योनी छेउमा टाटु लेखाएर चर्चा बटुलेकी छन् । त्यसो त सेलिब्रेटीहरुले टाटु लेखाउनु नौलो कुरा होइन तर सेलेनाले लेखाएको टाटु संस्कृत भाषाको भएका कारण यसले बढी चर्चा पाएको हो ।
सेलेनाले आफ्नो योनी छेउमा ‘ॐ’ लेखाएकी छन् । ‘ॐ’लाई ब्रम्हाण्डको सार मानिन्छ भने हिन्दु, बौद्ध र जैन धर्ममा यसको विशेष महत्व र अर्थ पाइन्छ । २३ वर्षीया सेलेनाले आफ्ना बायाँ तिघ्रामा ‘ॐ’ लेखाएकी हुन् । सेलेना गत वर्ष नेपालसमेत आएकी थिइन् । युनिसेफकी सदभावना दूतका रुपमा उनी नेपाल आएकी थिइन् ।