गुल्मीमा एटिएम सेवा, सेवाग्राही खुसी

गुल्मी, २२ भदौ । ग्लोबल आइएमई बैंक लि वामी शाखाबाट पहिलो पटक एटिएम कार्ड (अटोमेटिक टेलर मेसिन) सेवा आजदेखि सञ्चालन भएको छ । यस क्षेत्रका सेवाग्राहीको माग र चाहनालाई ध्यानमा राखेर सेवा सञ्चालन गरिएको वामी शाखाका प्रबन्धक अम्बु रायमाझीले जानकारी दिनुभयो ।
उहाँले गुल्मीको रिडीदेखि बागलुङको बुर्तिबाङसम्मकै स्थानमा यो सेवा कतै नभएको हँुदा वामी शाखाबाट एटिएममार्फत सेवा लिन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । गुल्मी र बागलुङका एक दर्जन गाविसका करिब नौ हजार ग्राहक रहेको वामी शाखामा दैनिक रुपमा १५० देखि २०० सम्म सेवाग्राहीले आर्थिक कारोबार गर्ने गरेका छन् ।