जनार्दन घिमिरे÷गुल्मी समाचारदाता
गुल्मी, १४ भदौ । गुल्मीका एक कार्यालय प्रमुखले आफ्नो सन्तानको जन्मदिनको अवशरमा खर्चहुने रकम पहिलो पटक अपांगताको क्षेत्रमा सहयोग गरेर उदाहरणीय कार्य गरेका छन् । जिल्ला वन कार्यालय गुल्मीका कार्यालय प्रमुख विशाल घिमिरेले आफ्नो एकवर्षीय छोरा अवि घिमिरेको जन्मदिनको अवशरमा अपांगताको क्षेत्रमा काम गर्दै आएको आशा अपांग केन्द्रलाई रु दश हजार रुपैंयाँ उपलव्ध गराएर सहयोग गरेका हुन् ।
आशा अपांग केन्द्रले जिल्लामा अपांगताको क्षेत्रमा गरेको कामवाट प्रभावित वनि उनले आफ्नो छोराको जन्मदिन सोही संस्थामा पुगेर मनाएका हुन् । जिल्ला विकास समिति गुल्मीले केहीदिन अघि आयोजना गरेको प्रगति समीक्षा कार्यक्रममा उक्त संस्थाकि उपाध्यक्ष गंगा रायमाझीकोे प्रस्तुतिवाट आफु निकै प्रभावित वनेको घिमिरेले वताए । ‘आफु अपांग भएर पनि उक्त संस्थाले गरेको कामको प्रगति सुनेर मलाई पनि एकपटक संस्थामा जाने रहर जागेको थियो, संयोगले छोराको जन्मदिन पर्यो । साथीहरुलाई वोलाएर बस्दापनि त केही खर्चत भईहाल्छ नै, त्यसैले त्यही खर्चलाई कटौटी मात्र गरेको हुँ’ घिमिरेले सुनाए ।
घिमिरेकि श्रीमती अञ्जुले आफ्नो छोरा पनि यस्तै सामाजिक कार्यमा लागोस् भन्ने ईच्छा व्यक्त गरेकि छन् । त्यसैले उनले यसरी अपांगताभएका व्यक्तिहरुसँग सँगै बसेर छोराको पहिलो जन्मदिन मनाउन पाएकोमा आफु निकै खुसि भएका वताईन् । ‘मेरो छोरा पनि सानैदेखि यस्तै सामाजिक क्षेत्रमा लागोस्’ उनले भनिन् । समाजमा अपांगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण र सोंचमा अझै परिवर्तन आउन सकेको छैन ।
अपांगहरुलाई दया र माया देखाएर मात्र हैन अवशर प्रदान गर्न सकेमा मात्र उनीहरुको वास्तविक न्याय हुने अपांगताको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएकि गंगा रायमाझीले भनिन्् । उनले जिल्ला वन कार्यालयका प्रमुखले गरेको सहयोग आफुहरुका लागि पनि एउटा नौलो र उदाहरणीय कार्य भएको वताईन् । ‘यसैगरि सवैले अपांगताको समस्या बुझ्दै जाने हो भने सहयोग गर्ने हातहरुको संख्या कमी हुँदैन, हाम्रो र संस्थाको लागि पनि यो नौलो कामको शुरुवात हो’ उनले भनिन् । आशा अपांग केन्द्रले जिल्लामा विगत आठ वर्ष अघिदेखि प्रत्यक्ष रुपमा अपांगताको क्षेत्रमा मात्र काम गर्दै आईरहेको छ ।







