लण्डन,
तमुधिं यूकेको आयोजनामा हरेक बर्ष हुने सबैभन्दा ठुलो मेला आइतवार लन्डनमा सम्पन्न भएको छ । आइतवार लन्डनस्थित केम्प्टन पार्कमा गरेको मेलामा आठ हजारभन्दा धेरै नेपाली सहभागी थिए ।
बेलायतमा नेपाली संस्कृति र परम्पराको प्रबर्द्धन गर्ने उद्धेश्यले आयोजना गरिएको मेलामा करिब तिन दर्जन नेपाली संघ(संस्थाले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । झाँकीमा उनीहरुका आ-आफनो वेषभूषा, रितिरिवाज र संस्कृति झल्किएका थिए ।फरक फरक जाति, धर्म, क्षेत्र र समुदायका सबै नेपाली एकैठाउँमा भेला भएर आ–आफना सांस्कृतिक पहिचान प्रस्तुत गरिरहँदाको दृश्य निकै सुन्दर देखिन्थ्यो ।
प्रदर्शन गरिएका विभिन्न लोकनृत्य, कौडा तथा घाटु नाचलगायतले मेलामा उपस्थित दर्शकको मन जित्न सफल भएका थिए । नेपाली दूतवासबास लन्डनको सहकार्यमा आयोजित सो कार्यक्रम बोल्दै बेलायतका लागि कार्यबाहक राजदूत तेज बहादुर क्षेत्रीले नेपाली मेला बिदेशमा नेपाली कालसंस्कृतिको प्रर्वधनका लागि महत्वपूर्ण रहेको बिचार ब्यक्त गरे ।
तमुधिं यूकेका अध्यक्ष रामचन्द्र गुरुङको अध्यक्षामा भएको मेलामा राखिएका दर्जनौँ व्यापारिक स्टल उपस्थित दर्शकका लागि मुख्य आकर्षण बनेका थिए ।







