दीपक श्रेष्ठ एनआरएन यूके कोषाध्यक्षमा निर्विरोध

11815759_10153528638788944_859068301_n[2]

लण्डन । एनआरएन यूकेको कोषाध्यक्षमा दिपक श्रेष्ठ निर्विरोध भएका छन । यसअघि उम्मेदवारी दर्ता गराएका अर्का उम्मेदवार सुर्य तामांगले आफनो उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठ निर्विरोध भएका हुन ।

नेपाली कांग्रेस निकट जनसम्पर्क समिति यूकेका सहकोषाध्यक्ष तामांगको नाममा दाबी विरोध परेपछि उनले आफु पछि हटेको बताएका छन ।

एनआरएनको विधानमा कुनै पनि राजनीतिक, धार्मिक तथा जातीय संस्थाको नेतृत्वमा रहनेहरु एनआरएनको उम्मेदवार बन्न नपाइने प्रावधान छ ।

उम्मेदवारी फिर्ता गरेपछि लण्डननेपालसगको कुराकानीमा तामांगले एनआरएन यूकेको निर्वाचन प्रक्रियाबाट सिंगो जनसम्पर्क समिति नै अलग रहने निर्णय भएअनुसार आफु पछि हटेको बताए ।

एनआरएन यूकेको आसन्न निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता गराइएको थियो । उम्मेदवारी फिर्ता गर्नका लागि आइतबार सांझ ८ बजेसम्मको समय तोकिएको थियो ।