लण्डनमा पाँच गैरकानुनी कामदार पक्राउ

लण्डन । लण्डनस्थित विम्ब्लेडोनको एउटा कम्पनीमा अध्यायगमन विभागले छापा मारेको र गैरकानुनी कामदारलाई पक्राउ गरेको छ ।

अध्यायगमन अधिकृतहरूले पाँचजनालाई हिरासतमा लिएको बताइएको छ । सरकारी अधिकारीहरूद्वारा फिट स्पेस जिम, एलित ड्रायी किलिनर्स र फुड कोर्टमा समेत छापा मारेका हुन । सो कम्पनीले साठी हजार पाउन्ड जरिवाना तिर्नुपर्ने बताइएको छ ।

ड्रायी किलिनर्स मा ३० र २९ वर्षका दुई जना पाकिस्तानी, फिट स्पेस जिम मा ३७ वर्षीय कोलिम्बियन र फुड कोर्ट मा ३४ वर्षीय पाकिस्तानी नागरिकहरूलाई  अध्यायगमन अधिकृतहरूले पक्रेका थिए। उनीहरूलाई अधिकृतहरूले बिहिबार, गैरकानुनी रूपमा काम गरिरहेको अवस्थामा भेटेका हुन्।

अधिकृतहरू आइपुग्दा एलित ड्रायी किलिनर्स का तीन जना मानिस भाग्न खोजेका थिए तर तिनलाई नियन्त्रणमा लिइएको थियो र उनिहरुलाई  यस देशबाट नपठाएसम्मको लागि हिरासतमा राखिएको छ भने अन्य दुई जनालाई उनीहरूको आफ्नो देशमा पठाउन विभिन्न प्रक्रियाहरू पूरा गर्ने बेलासम्म अस्थायी रूपमा छोडिएको छ।

यस अवधिमा उनीहरूले गृह कार्यालयमा नियमित रूपमा हाजिर हुनुपर्ने अधिकृतहरूले जनाएका छन ।

उक्त कोम्पनिले  राहदानी वा गृह मन्त्रालयको कागजात जस्ता उपयुक्त किसिमको रोजगार-पूर्व चेकजाँच गरेको प्रमाण जुटाउन नसकेको खण्डमा प्रत्येक गैरकानुनी कामदार बराबर बिस हजार पाउन्ड सम्म जरिवाना लाग्न सक्ने चेतावनीमूलक सूचना जारी गरिएको छ।