लण्डनस्थित नेपाली राजदूतावासमा नेपालमा गएको भूकंप पीडितहरुको सहयोगका लागि विपत्तिका बेला आफूले जे सकिन्छ त्यही गर्नु नै मानवीय धर्म र कर्तव्य हो भन्दै श्री स्वामिनारायण मन्दिरद्वारा प्रधानमन्त्री राहत कोषमा २५ हजार पाउण्ड ( करिब ४२ लाख रुपैयाँ) सहयोग गरेको छ ।
मन्दिरको ट्ष्टीद्धारा सँकलित सो रकम बेलायतका लागि नेपाली कार्यवाहक राजदुत तेजबहादुर बहादुर क्षेत्रि सम्क्ष शनिवार हस्तान्तरण गरे । मन्दिरको ट्ष्टीद्धारा सँकलित सो रकम बेलायतका लागि कार्यवाहक राजदूत तेज बहादुर क्षेत्रीलाई हस्तान्तरण गरिएको छ ।
लन्डनस्थित नेस्डन मन्दिर भित्र आयोजित एक कार्यक्रमका बीच ट्ष्ट्ीहरु एपी पटेल, भिएच पटेलले क्षेत्रीलाई चेक हस्तान्तरण गरेका थिए ।
सहयोग ग्रहण गर्दै कार्यवाहक राजदुत तेजबहादुर बहादुर क्षेत्रिले पीडितहरुको लागि आएको रकम हिनामिना हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै भने,“ रकम संकलन कार्यको स्वागत गर्दछु र सो रकम यस विपत्बाट प्रभावितहरूको सहयोगको लागि मात्रै सदुपयोग हुने विस्वास दिलाए । कार्यवाहक राजदूत क्षेत्रीले नेपालका भूकम्प पीडितका लागि बेलायतस्थित भारतीय समूदायले ठूलो सहयोग गरेको बताउँदै मन्दिरप्रति धन्यवाद प्रकट गरे ।







