एनआरएन यूकेको निर्वाचनका लागि क-कसको उम्मेद्वारी ?

nrnलन्डन । आगामी १३ सेप्टेम्बरमा हुने गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) को निर्वाचनमा विभिन्न पदका उम्मेदबारहरुले आज सनिबार आ आफ्नो उमेद्म्बारी  दर्ता गराएका छन ।

एनआरएन यूकेको अध्यक्षमा ४ जनाको उम्मेद्वारी परेको छ । सो पदका लागि मुछेत्र गुरुङ, हिराधन राइ, योग फगामी र विश्वदीप तिगेलाले शनिबार उम्मेद्वारी दर्ता गराएका हुन् ।

उपाध्यक्षको पदमा दासुराम पाण्डे, बुद्दिराम थापा, सनत गुरुङ, ललित न्यौपाने र अर्जुन कटुवालले उम्मेद्वारी दिएका छन् भने  महिला उपाध्यक्षका लागि शान्ति थापा र कुमारी गुरुङ्गको उम्मेद्वारी परेको छ ।

त्यसैगरी महासचिबमा बिजयबिक्रम लिङ्गदेन र खुशी लिम्बु गरी २ जनाको उम्मेद्वारी दर्ता भएको छ भने कोषाध्यक्षमा दीपक श्रेष्ठ र सुर्य तामाङ्गको उम्मेद्वारी परेको छ ।

त्यसैगरी सचिब मा कृष्ण प्रसाद तिवारीले उम्मेद्वारी दिएका छन् भने युवा संयोजक मा हरिकृष्ण आचार्यको उम्मेद्वारी परेको छ ।

यसैगरी आइसीसी सदस्यमा सँगिता मरहट्ठा, सुष्मा राई, पशुपति भण्डारी र कृष्ण तिमिल्सीनाको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिले उम्मेदवार बन्न चाहनेलाई शनिवार लन्डनस्थित निर्वाचन समितिको कार्यालय एक्टनमा आवेदनसहित सम्पर्क गर्न अनुरोध गरेको थियो  ।आज उम्मेद्वारी दर्ता गर्ने उम्मेदवारले आइतबार साँझ ८ बजेसम्ममा आफ्नो उम्मेद्वारी फिर्ता गराउन पाउनेछन ।

उम्मेदवारहरुको नामावली यस प्रकार छ्:

nrna