९ भदौ, अमेरिकाको भर्जिनियामा लाइभ रिपोर्टिङ गरिरहेका दुई पत्रकारको गोली हानेर हत्या भएको छ ।
डब्लूडीबीजे ७ न्यूज च्यानलका रिपोर्टर २४ वर्षीया एलिसन पार्कर र क्यामरापर्सन २७ वर्षका एडम वार्डको हत्या भएको हो ।
उनीहरु मोनटा नजिकैको एक प्लाजामा फिचर रिपोर्टिङका क्रममा थिए । बन्दुकधारीले ६/७ राउण्ड गोली चलाएको अनुमान गरिएको सीएनएनले जनाएको छ ।






