सागर आले लण्डन आउने

लन्डन । नेपाल आइडलको तेस्रो रनरअप सागर आले लन्डन आउने भएका छन् ।

बेलायतमा प्रशस्त फ्यान भएकाले आलेलाई ‘सागर धमाका’ सांगीतिक कार्यक्रमका लागि लन्डनमा आमन्त्रण गरिएको आयोजक मध्यका एक सारदा गुरुङ ज्योति थापा मगरले जानकारी दिए । उनले भनिन् , ‘सांगीतिक कार्यक्रमका लागि सागर लन्डन आउँदैछन् ।’ आलेसँगै साजन आले र लोकदोरी गायिका इन्द्रकुमारी गुरुङ पनि बेलायत आउने गुरुङले जानकारी दिए ।

डिसेम्बर पहिलो साताबाट बेलायतका विभिन्न शहरमा कार्यक्रममा आफ्नो कला देखाउन आउने कलाकारहरुको भीषा प्रकृया पूरा भइसकेको एनआरएन यूके युवा संयोजक एलबीजेड गुरुङले जानकारी दिए ।

पहिलो शो आगामी डिसेम्बर १ मा अल्डरसटस्थित एम्पायर हलमा हुने आयोजक मध्येका एक ज्योति थापाले लन्डन नेपाल न्यूजलाई जानकारी गराइन् । त्यसैगरि, डिसेम्बर २ मा केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, ३ डिसेम्बरमा लण्डनमा हुने थापाले जनाइन् ।

आयोजकले कार्यक्रममा उत्साहजनक सहभागिताका लागि बेलायतबासी नेपालीलाई अपिल गरेको छ ।