ऐश्वर्या अर्का चर्चित बलिउड कलाकार इरफान खानको साथमा ‘जज्बा’ नामक चलचित्रबाट कमब्याक गर्दैछिन् । यो चलचित्रको ट्रेलर मंगलबार सार्वजनिक भएको छ ।
वुधबारसम्म करिब १३ लाख पटक हेरिसकिएको यो ट्रेलरमा ऐश्वर्याले कुनै नायकसँग रोमान्स भन्दापनि छोरीका लागि गरेको संघर्ष देखाइएको छ । अक्टोबर ९ बाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रले ऐश्वर्याको कमब्याक सफल कि असफल भनेर देखाउनेछ ।






