नेपाली मेलामा जोआना लुम्ले आउने

nepali mela

लण्डन ।
सदा झैँ यस बर्ष पनि तमुँ धिँ को आयोजनामा वेलायतमा नेपाली मेला आयोजना हुँदैछ ।यसपटक एक झन ठूलो आकर्षण थपिने भएको छ । चर्चित बेलायती अभिनेत्री जोआना लुम्ले यस वर्षको नेपाली मेलामा विशेष अतिथीका रुपमा सहभागी हुने भएकी छन ।

तमु धि यूकेका अध्यक्ष रामचन्द्र सुर्जे गुरुंगले भने, ‘हामीले इमेल र निमन्त्रणा कार्ड पठाएर लुमलेलाई निम्तो गरेका थियौं ।गुरुंगका अनुसार जोआनाका सेक्रेटरीले निमन्त्रणाको जवाफ पठाउंदै लुमले मेलामा सहभागी हुने जानकारी गराएका छन । त्यसो त यसपटकको नेपाली मेलामा प्रिन्स ह्यारीलाई पनि निम्तो गरिएको थियो । तर मेलाका बेला बेलायतबाहिर हुने भएकाले उनी भने नआउने भएका छन ।

कार्यक्रममा प्राय सबै जात जातिको नेपाली भेष भुषा, झाँकि, बाजागाजा र संस्कृती झल्कने परिकार्, भाँडाकुँडा र सरसामागृहरु प्रदर्शन गरिने छ । बिभिन्न ठाउँमा बसोवास गरी आएका नेपालीहरुको अपार सहभागिता रहने उक्त कार्यक्रममा अध्यक्ष गुरुंगका अनुसार यसपटकको मेलामा यहांका कतिपय सांसद तथा स्थानीय काउन्सिलका मेयरहरु पनि सहभागी हुनेछन । यस बर्ष अगष्टको ३० तारिख आइतवारका दिन केम्पशट पार्कमा आयोजना गरिँदैछ । कार्यक्रम सन २००९ देखि संचालन हुँदै आएको हो ।

मेलाको मुख्य आकर्षण विभिन्न संघसंस्थाको झांकी प्रदर्शन, कल्चरल डान्स प्रतियोगिता, ड्रयागन नाच, पञ्चे बाजा, कन्सर्ट-नृत्य, डान्स, कला प्रदर्शनी, खाना स्टल, च्यारिटी स्टल, आकर्षक पुरस्कारसहितको राफल ड्र आदि छ |