प्लमस्टिडमा फेरी एक नेपाली युवाको मृत्यु

लण्डनको प्लमस्टिडमा एक नेपाली युवाको ह्दयघात भएर मृत्यु भएको एक हप्ता नहुंदै अर्का एक नेपाली युवाको पनि असामयिक निधन भएको छ । विलविचमा आफनो परिवारसंगै बस्दै आएका २२ वर्षिय आशिष मिश्रको सोमबार बिहान आकस्मिक निधन भएको हो । आशिषलाईृ पनि ह्दयघात भएको हुन सक्ने उनको परिवारको आशंका छ ।
आईतबार सांझ प्लमस्टिडस्थित आफना एक साथीको घरमा सुतेका आशिष बिहान ओछयानमै बेहोश भेटिएका थिए । त्यसपछि तत्काल एम्बुलेन्स बोलाएर अस्पताल पुरयाउंदा चिकित्सकले उनको मृत्यु भइसकेको बताएका थिए । अहिले उनको शब पोष्टमार्टमकै लागि अस्पतालमै राखिएको मृतकका मामा मिलन खरेलले खरेलले जानकारी दिए ।
मृतक आशिष ग्रिनविच युनिभर्सिटीमा अध्ययनरत थिए भने पिसी वल्र्डमा पार्टटाइम काम पनि गरिरहेका थिए ।
मामा मिलनका अनुसार आशिषलाई यसअघि कुनै स्वास्थ्य समस्या थिएन ।
चितवन स्थायी बसोबास रहेको मिश्र परिवार बिगत केहि बर्षदेखी देखि बेलायतमा बस्दै आएको छ ।