लन्डनमा गौतम बुद्ध क्रिकेट क्लबको तेस्रो संस्करणमा उत्कृष्ट खेल प्रदर्शन गर्दै बिजेता बन्यो ह्याम्पशायर अकाउन्टेन्ट्स

लन्डन — गौतम बुद्ध क्रिकेट क्लब (GBCC) द्वारा आयोजित जीबीसीसी आन्तरिक टुर्नामेन्ट ३.० को उपाधि ह्याम्पशायर अकाउन्टेन्ट्स रोयल्सले जितेको छ।
शनिबार, १२ सेप्टेम्बर २०२६ का दिन नर्थोल्टस्थित रेक्टरी पार्कमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ह्याम्पशायरले उपाधि आफ्नो नाममा गर्न सफल भएको हो।

६ टोलीको प्रतिस्पर्धात्मक सहभागिताबीच उत्कृष्ट खेल प्रदर्शन गर्दै ह्याम्पशायरले निर्णायक खेलमा पनि मजबुत प्रदर्शन गरेर च्याम्पियन बन्न सफल भएको हो।

टोलीका खेलाडीहरू आदर्श क्षेत्री, सुशील खतिवडा लगायत सम्पूर्ण १० सदस्यीय समूहले सामूहिक मेहनत, अनुशासन, समर्पण र उत्कृष्ट टोलीगत भावनाका साथ प्रदर्शन गरेका थिए।

प्रतियोगितामा केयर ट्रेनिङ्स च्यालेन्जर्स, मोर्गेज म्याटर युनाइटेड, ह्याम्पशायर अकाउन्टेन्ट्स रोयल्स, मार्क्होर क़लन्दर्स, कर्णाली तमास तथा ह्वाइट टाइगर्स मेडेक्स जायन्ट्स गरी कुल ६ टोलीको सहभागिता रहेको थियो। सबै टोलीहरूले उच्च स्तरको खेल प्रदर्शन गर्दै प्रतियोगितालाई अत्यन्त रोमाञ्चक र सफल बनाएका थिए।

क्लबले यस्ता कार्यक्रमहरू सफल बनाउन प्रायोजकहरूको साथ र समर्थन अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँहरूको निरन्तर विश्वासलाई जीबीसीसी यात्राको महत्वपूर्ण आधारस्तम्भ भएको जनाएको छ।

प्रायोजकहरूमा केयर ट्रेनिङ्स, मोर्गेज म्याटर हेज, ह्याम्पशायर अकाउन्टेन्ट्स, मार्क्होर प्रेस्टिज, कर्णाली ओरिजिन तथा आलु तामा रेस्टुरेन्ट, ह्वाइट टाइगर होलिडेज तथा मेडेक्स ओएससीई एकेडेमी, नेवा छे माया, एसएनपी प्लस अकाउन्टेन्ट्स एण्ड ट्याक्स एड्भाइजर तथा आरके अटोवर्क्स लगायत रहेका छन्।

प्रतियोगिताको समाचार तथा गतिविधिलाई समुदायसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको लन्डन नेपाल न्युज टिभी प्रति पनि विशेष धन्यवाद व्यक्त गरिएको छ। क्लबका गतिविधि, खेलाडीहरूको मेहनत तथा नेपाली समुदायका सकारात्मक गतिविधिहरूलाई आफ्नो सञ्चारमाध्यममार्फत स्थान दिएकोमा क्लबले आभार प्रकट गरेको छ।

प्रतियोगितामा उपस्थित भई खेलाडीहरूको हौसला बढाउने सम्पूर्ण दर्शक, परिवार, साथीभाइ, समर्थक तथा सम्पूर्ण नेपाली समुदायप्रति जीबीसीसीले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

त्यसैगरी प्रतियोगितापछि आयोजना गरिएको विशेष तीज डिनर कार्यक्रमले खेलकुदसँगै नेपाली संस्कृति, आपसी भेटघाट र सामुदायिक एकतालाई थप मजबुत बनाएको क्लबले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *