लन्डन, २२ जुन २०२६ — साउथ वेस्ट नेपाली समाज यूकेको तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट किसान जीसी पुनः दोस्रो कार्यकाल (२०२६–२०२८) का लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष जीसीले आफूलाई पुनः नेतृत्वको जिम्मेवारी प्रदान गरेकोमा सम्पूर्ण साउथ वेस्टवासी नेपाली समुदायप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नुभएको छ। उहाँले आगामी कार्यकालमा समाजको एकता, विकास, पारदर्शिता, उत्तरदायित्व तथा संस्थागत सुदृढीकरणका लागि प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो।
अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ। जसअनुसार वरिष्ठ उपाध्यक्षमा लोकेन्द्र खड्का, उपाध्यक्षहरूमा गङ्गा सापकोटा, राजन घले र मुक्ति खरेल, महिला उपाध्यक्षमा प्रतिमा ओली निर्वाचित हुनुभएको छ। त्यसैगरी महासचिवमा डेभिड बनियाँ, सचिवमा नमस्ते केसी, कोषाध्यक्षमा शम्भु पाण्डे र सहकोषाध्यक्षमा उज्ज्वल कँडेल चयन हुनुभएको छ।
यसैगरी युवा संयोजकमा कमल भण्डारी, महिला संयोजकमा उषा गिरि तथा कार्यसमिति सदस्यहरूमा पी.के. क्षेत्री, राज डल्लाकोटी, देवेन्द्र बस्नेत, कृष्ण रामाजी, रोमन घले र सन्तोष ढकाल चयन हुनुभएको छ।
समाजको वरिष्ठ सल्लाहकारमा किशोर जीसी रहनुभएको छ भने सल्लाहकारहरूमा हरी काराखेति, माधव हुमागाई, धिरेन्द्र श्रेष्ठ, श्रीराम खरेल, कृष्ण गैरे र गणेश ओझा चयन हुनुभएको छ। संरक्षकमा हेम सेढाई र दीपक गिरी रहनुभएको छ।
अध्यक्ष जीसीले अधिवेशन सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने संस्थापक अध्यक्ष दीपक ढकाल र अमृत सेढाईप्रति विशेष धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँहरूको अनुभव, मार्गदर्शन र समन्वयकारी भूमिकाका कारण अधिवेशन निष्पक्ष, पारदर्शी र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको उल्लेख गरिएको छ।
समाजका सदस्यहरूको साझा प्रयास, सहकार्य र सकारात्मक सोचले साउथ वेस्ट नेपाली समाजलाई अझ सशक्त र उदाहरणीय संस्थाको रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ।






